खोजखबर संवाददाता
बाँके भदौ ३० गते । फेस अफ नेपालगन्ज सिजन-२ को आज फाइनल सम्पन्न भएको छ । यश सिजन को बिजेता पुरुष तर्फ प्रज्वल कार्की र महिला तर्फ रिति शर्मा हुनुभएको छ। भाद्र ७ गते बाट सुरु भएको प्रतियोगिता आज भब्य रुपमा फाइनल गर्न लागिएको थियो। भाद्र ७ मा सम्पन्न अडिशन बाट ४० जना मध्ये १५ जना लाई छ्नौट गरिएको थियो।जसमा १२ जना महिला ३ जना पुरुष रहेका थिए।।छ्नौट भएका १४ जना सहभागी हरु लाई २ हफ्ता जति तालिम गराइएको इभेन्ट डाइरेक्टर प्रकाश कुवर ले बताउनु भयो।युवाहरुमा सकारात्मक परिवर्तन तथा उनिहरुको नेतृत्व क्षमता अभिबृद्दी गराउने उद्देश्यका क्रियाकलाप गर्न लागिएको कुवर को भनाई छ।यो भन्दा अगाडि समेत विभिन्न प्रतियोगिताहरु सन्चालन भैसकेको को आयोजकले बताएका छन।
Discussion about this post