बाँके जेठ २२ गते ।
प्रचलित भाडा दर भन्दा अत्याधिक बढी भाडा असुल्ने तीन अटोलाई कारबाही गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका भित्र प्रचलित भाडा दर भन्दा अत्याधिक बढी भाडा असुल गरी यात्रु ओसार पसार गर्ने भे.१ ह.३३५२,भे.१ ह.५४५३ र भे.१ ह.२८२० को अटोलाई कारबाही गरिको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले जानकारी दिनुभयो ।
लकडाउनको मौका छोपी अत्यावश्यक कामको बहानामा यात्रु संग चर्को भाडा लिने ती अटोलाई कारबाही गरिएको हो ।
Discussion about this post