डोल्पा जेठ २४ गते ।
उपल्लो डोल्पाका स्थानीयवासीका लागि हेलिकोप्टरबाट स्वास्थ्य सामग्री पुर्याइएको छ। डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका सर्वसाधरणमा दुई सातादेखि कोरोनाको जस्तै लक्षण देखिएको थियो। सर्वसाधरण बिरामी भएपछि तीन गाउँपालिकाले संयुक्त रूपमा सहयोगको अपील गरेका थिए।
डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेका अनुसार उपल्लो डोल्पामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरी रहेको अल्टिच्युट प्रोजेकको सहयोगमा २३० किलो औषधि र जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य विभागबाट पाएको दुई थान अक्सिजन कन्सन्ट्रेटर र हिक्यापबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पठाइएको छ।
यस्तै, नोम्यट क्लिनिकको आर्थिक सहायोगमा डोल्पो टुल्कु च्यारिरेबल फाउन्डेसनले ८०० थान हेपाटाइटिस बीको भ्याक्सिन र डोल्पो बुद्ध गाउँपालिकामा दिइएको छ । कोभिड परीक्षणका लागि १००÷१०० थान एन्टिजेन्ट किट पनि दुईवटा गाउँपािलकालाई पठाइएको छ।
Discussion about this post