बाँके जेठ २५ गते ।
गैर आवासीय नेपाली संघ जापान (एनआरएनए जापान) को सचिव पदको लागी बाँके खजुरा गाउँपालिकाका सुशील मल्लले उम्मेद्बारी घोषणा गरेका छन् ।
यो बर्ष हुने एनआरएनए जापानको २०२१-२०२३को चुनावमा सचिव पदमा उम्मेद्बारी घोषणा गरेका हुन् ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर दुईका सुशील मल्ल २०१२ मा विद्यार्थी भिषामा जापान पुगेका थिए । जापान पुगे संगै सामाजिक कार्यमा अग्रसर रहदै आएका उनले जापनमा नेपालीहरुलाई आइपरेका समस्यामा सहयोग गर्दै आएका छन् ।
रोजगारी तथा अध्ययनको क्रममा जापान पुगेका बाँके तथा बर्दियाका बासिन्दालाई एकताशुत्रमा बाधेर सहयोगको भावना जागृत गर्न स्थापन भएको बाँके बर्दिया मैत्री समाज जापानको संस्थापक सचिव समेत हुन् ।
जापानमा बसेर पनि आफ्नो जिल्ला बाँके र बर्दियालाई संकट तथा भब्यतब्य पर्दा सहयोग गर्दै आएका मल्लले जिल्लामा खेलकुदको लागि ठूलो सहयोग पुराउदै आएका छन् भने हाल मात्रै कोरोना कहरको दोस्रो लहरले समस्यामा परेको बाँके तथा बर्दिया जिल्लामा मल्लको प्रयत्नले आर्थिक तथा स्वास्थ्य सामाग्री जापानबाट सहयोग जुटेको थियो ।
बाँके बर्दिया मैत्री समाज जापानको २०१८-२०२० सम्म अध्यक्षको रुपमा सफल कार्यकाल पूरा गरेका मल्लको अबको यात्रा भने एनआरएनए जापानको आर्थिक पारदर्शीता रहेको बताउछन् ।
एनआरएनए जापानमा जुन किसिमको आर्थिक हिनामिना र अपारदर्शीता छ त्यसको लागि नै आफुले उम्मेद्बारी घोषणा गरेको बताउने मल्लले आफ्नो जित संगै एनआरएनए जापानलाई आर्थिक पार्दर्शिताको लागि लागिपर्ने बताउछन् ।
एनआरएनए जापानको चुनाव नजिकिदै जादा उम्मेद्बारी घोषणा र चुनावी माहोल तातिदै गएकोबेला सचिव पदमा मल्लको घोषणा संगै जापानमा मल्ल प्रतिको माहोल बन्दै गएको जापानमा बस्ने गैर आवासिय नेपालीहरुको बुझाई रहेको छ ।
Discussion about this post