बाँके असार १ गते ।
मनसुन सक्रिय भएसँगै पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ ।
पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्नसक्ने अनुमान गरिएको छ ।
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका सूचना अधिकारी रुपन ज्ञवालीका अनुसार राप्तीनदीमा पानीको सतह बढ्नेक्रममा रहेपनि बाढीको जोखिम भने छैन् । पर्सि बिहीवारसम्म यी नदीहरुका तटीय क्षेत्रहरुमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । गएको जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ ।
Discussion about this post