काठमाडौँ असार ५ गते ।
भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७ सय ५३ नयाँ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ९७ हजार ७ सय ४३ संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो पटक थप १६ सय ४७ जनाको मृत्यु भएको छ।
अहिलेसम्म भारतमा २ करोड ९८ लाख २३ हजार ५४६ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये २ करोड ८६ लाख ७८ हजार ३९० जना संक्रमणमुक्त भएका छन् । महामारीको चपेटामा परेको भारतमा ३ लाख ८५ हजार १ सय ३७ जनाले संक्रमणका कारण ज्यान गुमाएको सरकारी तथ्यांक छ।
अहिले भारतमा ७ लाख ६० हजार भन्दा धेरै सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितको संख्या ७४ दिन यताकै सबैभन्दा कम रहेको मन्त्रालयले जनाएको छ। भारतमा अहिले संक्रमणमुक्त हुनेदर ९६।१ प्रतिशत रहेको छ। भारतले आफ्ना २७ करोड २३ लाख ८८ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।
Discussion about this post