खोजखबर संवाददाता
बाँके भदौ ३० गते । नेपाल–भारत सिमा क्षेत्रबाट एक जना एयर गनसहित पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगर–१६ स्थित नेपालगञ्ज भन्सार कार्यालयको मुख्य गेट अगाडीबाट चेकजाँचको क्रममा सोमबार बेलुका ७:२० बजेको समयमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नेपालगञ्ज कारकाँदो निवासी ५५ वर्षीय प्रजुन गिरी रहेका छन्।
उनको साथबाट ‘वान टोए’ एयर गन र त्यसमा प्रयोग हुने ५ सय थान छर्रा बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहराले जानकारी दिनुभयो । सशस्त्र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर रानाको कमाण्डमा खटिएको टोलीले भारतको रुपैडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेको युपी ४० ए.सी.१५१८ नम्बरको गाडी चेकजाँच गर्दा हतियार फेला परेको थिए ।
Discussion about this post