फाइल फोटो
सुदूरपश्चिम असार ७ गते ।
सुदूरपश्चिम प्रदेशसभाको बैठक आज पुनः बस्दै छ । प्रदेश सरकारले बजेट एवम् योजना तुर्जमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा हिंजोको बैठक स्थगित भएको थियोे ।
बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो ।
असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
Discussion about this post