बाँके असार ८ गते ।
देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहने भएको छ । लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले पनि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । विभागका अनुसार आज राति देशभर सामान्य बदली रहनेछ ।
कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्य घटबढ हुनेछ । ती सबैमा बहाव सतर्कता तभन्दा तलै हुने पूर्वानुमान छ ।
कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
Discussion about this post