हुम्ला असार ८ गते ।
हुम्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेल्छाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नम्वर ६ स्थित मेल्छाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा स्थानीयवासी खुसी भएका छन् ।
चार वर्षअघि शुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर सबै नागरिकले बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाका प्रबन्धक छक्कबहादुर मल्ल, इन्चार्ज करण बुढथापालगायतको टोलीले प्राविधिक पक्षमा मेहनत गरी गाउँलाई झिलिमिली बनाउन सफल भएको हो ।
Discussion about this post