बाँके असार ९ गते ।
नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि नेपालगन्जसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् ।
यसअघि पनि बेला बेलामा टेलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।
Discussion about this post