काठमाडौं असार ९ गते ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले जग्गा अधिग्रहणको काम सुरु गरेको छ । सरकारले सन् २००८ मा भारतीय कम्पनी जीएमआरलाई आयोजनाको सर्भेक्षण अनुमति दिएको थियो ।
बंगलादेश सरकारबाट विद्युत् खरिदको आशयपत्र पाएलगत्तै स्थलगत काम सुरु हुन थालेको छ । आयोजनाले ४८ हेक्टर जमिनमध्ये ९ हेक्टर जग्गा अधिग्रहण गरिसकेको परियोजनाले अहिलेसम्म २२ करोड रुपैयाँ स्थानीयलाई वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।
अछामतर्फको झन्डै १० हेक्टर जग्गाको लालपुर्जा भने आयोजनाले अझै लिन सकेको छैन । निषेधाज्ञाका कारण उक्त जग्गाको लालपुर्जा लिन समस्या भएको हो । जलविद्युत् आयोजना बन्ने क्षेत्रका ४ सय २६ घरधुरीमध्ये १ सय ९७ घरधुरीको २ सय ६७ कित्ता जग्गा अधिग्रहण गरिसकेको परियोजना अधिकृत खत्रीले बताउनुभयो ।
आयोजनाका अनुसार अहिले सल्लेरीचौर र कालिकास्थानमा रहेका रूखहरूको गणनाको काम सुरु भएको छ । आयोजनाले व्यक्तिगत जग्गा अधिग्रहणको काम सन् २०२२ डिसेम्बरसम्म सकिने जनाएको छ । फाइल तस्वीर
Discussion about this post