मनाङ असार १० गते ।
मनाङकाे चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै पनि खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो ।
अहिले पुल माथिबाट नदी बगिरहेको छ भने आसपास झण्डै १० मिटर सडक कटान भइसकेको छ । पुलमा नदी थुनिँदा पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ र वडा नम्बर चारको चामे बजार जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । डोजर लगाएर नदीको अवरोध हटाउने प्रयास भए पनि पानीको बहाव बढी भएकोले सम्भव नभएको डीएसपी खड्काले बताउनुभयो ।
लेकाली क्षेत्रमा पानी परेकोले मर्स्याङ्दी नदी तथा चामे बजारमा रहेको ठाडो खोलामा पनि पानीको सतह बढीरहेको र यसले चामे बजारसहित तल्लो क्षेत्रमा जोखिम रहेको उहाँले बताउनुभयो ।
Discussion about this post