कञ्चनपुर असार १३ गते ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यस्था गरेको छ । आव २०७८–७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालिकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताउनुभयो ।
योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सिन सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति लिएको छ ।
Discussion about this post