काठमाडौं असार १५ गते ।
युरो कप फुटवलमा स्विट्जरल्यान्ड र स्पेन क्वाटरफाइनलमा प्रवेश गरेका छन् । साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड क्वाटरफाइनल पुग्दा स्पेनले क्रोसियालाई हराउँदै क्वाटरफाइनलको यात्रा पक्का गरेको हो ।
रोमानियामा गएराति भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मा¥यो । यस्तै कोपनहेगनमा गएराति नै भएको प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनायो ।
रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे । क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
आजराती हुने पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ ।
Discussion about this post