बाँके असार १५ गते ।
नेपालगञ्ज– १३ मा सञ्चालित १० दिने कुसन तालिम समापन गरिएको छ । वडा न १३ वडा समितिको कार्यालयको सहयोगमा समृद्धि सिलाई कटाई प्रशिक्षण केन्द्रद्धारा वेरोजगार तथा गृहणीलाई लक्षित गरेर शिपमुलक तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहभागी १८ जनालाई प्रमाण पत्र प्रदान गर्दै वडा अध्यक्ष विरेन्द्र बहादुर शाहले कुसन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आह्वान गर्नु भयो । अध्यक्ष शाहले तालिमपछि व्यवसाय प्रवद्र्धनमा पनि ध्यान दिनु पर्ने बताउनु भयो ।
वडा सचिव मदन कुमार रावतले तालिम अत्यन्तै उपलव्धीमुलक रहेकाले यसलाई वजारीकरण गर्न सुझाव दिनु भयो । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य पुुष्पा भटराईको अध्यक्षतामा भएको कार्यक्रममा समृद्धि सिलाई कटाई प्रशिक्षण केन्द्रकी अध्यक्ष कल्पना विक, वडा सदस्य सत्यनारायण यादव, उमेश प्रकाश चौहान लगायतले तालिममा सीकेको शिपलाई व्यवहारमा उतार्न सल्लाह दिनु भयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य देउमल सनारले सञ्चालन गर्नुभएको समापन समारोहमा तालिममा सहभागी अनन्या गुरुङ र राजकुमारी मण्डलले आफनो सिकाई अनुभव शेयर गर्नु भएको थियो । ।
Discussion about this post