सुर्खेत असार १६ गते ।
भौगोलिक अवस्था कमजोर हुँदा बर्सेनी बाढीपहिरो जस्ता विपदका घटनाबाट कर्णालीका सँयौं घरपरिवार विस्थापित हुदै आएका छन् । नागरिकले बाढीपहिरो जस्ता विपदका घटनाबाट ठूलो जनधनको क्षेती बेहोर्नुपरेपछि कर्णाली सरकार विपद जोखिम न्यूनीकरणका लागि जागेको छ ।
लगातारको वर्षासँगै कर्णालीका सयौं बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा छन् । प्रदेश प्रहरीका अनुसार यस वर्षको मनसुन सुरु भएयता हालसम्म चार सय बढी नागरिक विस्थापित भइसकेका छन् । वर्षासँगै बाढीपहिरोको उच्च जोखिम बढेपछि सुर्खेतसहित कर्णालीका १० वटै जिल्लामा, जिल्ला दैवि प्रकोप उद्धार समितिले जोखिम न्यूनिकरणका लागि पूर्वतयारी थालेका छन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार सुर्खेतमा जोखिम न्यूनिकरणका लागि पूर्व तयारी अपनाइएको हो ।
बाढीपहिरोबाट अबरुद्ध सडक तत्काल खुलाउने, घाइतेको उपचार, राहत तथा उद्दार कार्यक्रम, उद्दार स्वयम् सेवक परिचालन र जोखिम क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सूचना प्रवाह गर्ने लगायतका कार्यक्रमका लागि कर्णाली सरकारले तत्काल १० करोडको विपद कोष स्थापना गरेको छ । फाइल तस्वीर
Discussion about this post