बाँके असार १९ गते ।
बाँकेको नेपालगन्ज, कोहलपुर बजारमा इन्भटर र जेनेरेटरको बिक्री बढ्न थालेको देखिएको छ । नेपाल विद्युत प्राधिकरणको मिलेमतो र संलग्नता तथा व्यसायीबाट आउने कमिशनको लोभमा यहाँको विजुलीमा अघोषित लोडसेडिङ्ग हुन थालेपछि इन्भटर, जेनेरेटर तथा ब्याट्रीको व्यापार बढ्न थालेको देखिएको हो ।
बिना कुनै सुचना झ्याप्प झ्याप्प बत्ती जान थालेपछि विद्युत प्राधिकरण नेपालगन्जजका विरूद्ध यतिबेला सामाजिक सन्जाल र सडकबाटै विरोध उठेको उपभोक्ताहरुले बताएका छन । पश्चिम नेपालको प्रमुख शहर नेपालगन्ज र तीनवटा प्रदेशको संगम बजार कोहलपुरमा विगत केहि दिनदेखि विद्युत आपुर्तिमा समस्या सिर्जना भएको गुनासो दिन प्रतीदिन बढदै गएको छ ।
नेपाल विद्युत प्राधिकरणले इन्भटर, जेनेरेटर र ब्याट्री व्यवसायीबाट मोटो रकम कमिशन लिएर विद्युत अबरोधमा सहयोग गरेको भन्दै यतिबेला सामाजिक सन्जालमा बिभिन्न खालका टिका टिप्पणी हुन थालेका छन ।
विजुली आपुर्तिमा गडबढ देखिदा स्थानीय सरकार वा नेपालगन्ज उपमहानगरपालिका माथि नै गम्भीर प्रश्न सिर्जना गर्दै प्राधिकरणले अघोषित लोडसेडिङ गरि समस्या सिर्जना गरिरहेको आरोप उपभोक्ताको रहेको छ । उपभोक्ताका अनुसार प्राधिकरण कमिशनमा लागेपनि स्थानीय सरकार उदासीन देखिएको छ ।
धेरै गुनासाहरु आउन थालेपछी सर्वसाधारणको गुनासाहरुलाई सम्बोधन गर्दै नेपाल बिद्धुत प्राधिकरण नेपालगन्जले बिधुत आपुर्तिमा कुनै पनि समस्या नभएको र विभिन्न ठाउँहरुमा बिजुलिको संरचनाहरु मर्मतसम्भार गर्नुपरेको कारणले गर्दा सम्बन्धित स्थानहरुमा बिजुली काट्नु परेको स्पष्टीकरण दिने गरेको छ ।
केहीदिन अघि नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव लगायतको नागरिक समाजको टीमले समेत प्राधिकरणमै पुगेर यहाँको विद्युतका बारे प्रमुखसँग गुनासो राखेको थियो । तर, विद्युतले कमिशनको चक्कर तोडन नसकेको कारण उपभोक्ता र नागरिक समाजको गुनासो समेत समबोधन गर्न नसकेको खुलेको छ ।
बिजुली बारम्बार जान थालेपछि बाँकेका उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्व सूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्ता माझ शंका बढेको नेपालगन्जका उपभोक्ता दीपक खनाल बताउँछन ।
उनकाअनुसार कतै इन्भटर, सोलर जस्ता बैकल्पिक बाटोबाट कमिशनको खेल हुन लागेको त होइन भने जस्ता प्रश्नले उपभोक्ताको सामाजिक सन्जाल भरिएको छ । यतिबेला नै इन्भटर र जेनेरेटरको व्यापार फस्टाएको छ । इन्भटर र जेनेरेटरको व्यापार गर्नेहरुले पछिल्लो केही हप्तादेखि आफ्नो व्यवसाय ह्वात्तै बढेको बताएका छन् ।
व्यापारीहरुका अनुसार इन्भर्टरको ब्यापार बढ्नुमा सबैभन्दा ठूलो कारण अनियमित लाइन काटिने क्रम बढ्नु हो । पछिल्ला दुई हप्तामा लाइन काटिने क्रम ह्वात्तै बढेकाले उपभोक्ताले फेरि इन्भर्टर र जेनेरेटर खोज्न थालेको नेपालगन्जका व्यवसायी बताउँछन ।
नेपाल विद्युत प्राधिकरणमा जतिबेला नेतृत्व परिर्वनत भयो, त्यहीबेला चार वर्षमा खासै नकाटिने बिजुली कुनै ठाउँमा त दिनको २–३ घण्टा नै काटिन थालेको छ । यसले पनि ग्राहकलाई मनोवैज्ञानिक रूपमा त्रासमा पारेको हुनसक्छ ।
कतिपय स्वास्थ्य संस्थामा कोभिड–१९को कारण संवेदनशील इक्वीपमेन्टको जडान भएकाले त्यस्तो ठाउँमा पनि जेनेरेटरको माग देखिएको छ । अनलाइन कक्षाका कारण पनि इन्भर्टरको ब्यापार चुलिनुको ब्यापारी राजन न्यौपाने बताउँछन । अहिले ५ मिनेट मात्रै झ्याप्प बिजुली गयो भने अनलाइन कक्षा अवरुद्ध हुने भएकाले पनि यसको विकल्पको खोजी भएको छ ।
बाँकेमा लाइन जाने क्रम चुलिएपछि डराएर ग्राहकहरु पुरानो इन्भर्टरको ब्याट्री फेर्न बढी आउन थालेका छन् । राख्दा राख्दै फेर्नुपर्ने अवस्थामा पुगेका कतिपय ब्याट्री लकडाउनका कारण फेर्न नपाएकाले पनि केही प्रतिशत ग्राहक बढेका छन ।
ब्यापार बढेर मौज्दातमा रहेका जेनेरेटर बिक्री हुन थालेपछि नेपालगन्जका कतिपय व्यवसायीले अनलाइन विज्ञापन नै गरेका छन् ।
Discussion about this post