बाँके असार १९ गते ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १७ मा वडा भेला सम्पन्न भएको छ । आज वडास्तरको योजना छनौंट र संकलन गर्ने उद्देश्यका साथ वडा भेला गरिएको वडा अध्यक्ष अजय कुमार पाठकले जानकारी दिनुभयो ।
उप–महानगरपालिकाले वडामा बजेट सिलिङ उपलब्ध गराएपछि नेपालगञ्जको वडाहरुमा वडा भेला भईरहेको छ । वडा अध्यक्ष पाठकले भेलामा प्राप्त सुझावका आधारमा आगामी आर्थिकवर्ष २०७८/७९ को योजना छनौंट गर्ने बताउनुभयो ।
वडा भेलामा सहभागी मध्ये अधिकाँशले सडक तथा नाली निर्माण हुनुपर्ने लगायतका पूर्वाधारमा योजना समावेश गर्न माग गरेका थिए । करिव १ करोड़ १ लाख ९ हजार वडा कार्यालय बाट कार्यान्वयत हुने र संघिय समपुरक अनुदान ४२ लाख ३० हजार गरि कुल १ करोड ४३लाख ३९ हजार को बजेट सिलिङ पाएकाले बजेटको सिमितता भित्र योजना बनाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष पाठकले बताउनुभयो ।
कोभिड–१९को विषम महामारीका कारण ढिलागरी भएको वडा भेला तथा छलफलमा सहभागी भएकाहरुले आ–आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए ।
Discussion about this post