बाँके असार २१ गते
नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य मोबिनुद्दिन सिद्दिकीको निधन भएको छ । ४३ वर्षीय पत्रकार सिद्दिकीको ह्रदयघातका कारण हिंजो साँझ ७ बजेतिर निधन भएको हो ।
उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल पुर्याएलगत्तै सिद्दिकीको निधन भएको चिकित्सकले घोषणा गरेका थिए । सिद्दिकी महासंघसँगै प्रेस संगठन बाँके र मुस्लिम पत्रकार क्लबमा आवद्ध रहनुभएको थियो ।
सिद्दिकी नेपाालगन्जबाट प्रकाशित युथ टुडे अनलाइनका सम्पादको जिम्मेवारीमा समेत रहनुभएको थियो । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोजी निवासी सिद्दिकीको आज दिउँसो १ बजे इस्मालीक संस्कार अनुसार कब्रिस्तानमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
उहाँका श्रीमति, एकछोरा र एक छोरी हुनुहुन्छ । सिद्दिकीको निधनप्रति नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी तथा प्रेससंगठनलगायतका पत्रकारका संघसंगठनहरुले दुख व्यक्त गरेका छन् ।
Discussion about this post