बाँके असार २६ गते ।
इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी इन्चार्ज सई सन्तोष खनाल र असई केशव बहादुर थापा जिल्ला तानिएका छन्। कम्दि इप्रकाबाट सरुवा भएर जमुनाह प्रहरीको इन्चार्जको जिम्मेवारी सम्हाले लगत्तै खनाल विवादमा तानिएका थिए ।
उनी नाका पुग्ने वित्तिकै असुली धन्दामा लागेपछि विवादमा परेका थिए । तस्करसँग सेटिङमा अवैध असुली धन्दा सुरु गरेकोबारे अनलाइन खोजखवरले समाचार प्रकाशन गरेपछि खनाललाई जिल्ला तानिएको हो । बाँकेका एसपी श्याकृष्ण अधिकारीले खनाललाई जिल्ला झिकाइएको पुष्टि गरेका छन् ।
उनले खनालको ठाउँमा कसलाई पठाउने भन्नेबारेमा अझै टुंगो लागि नसकेको बताए । संगठनलाई नै बदनाम गर्नेगरी खनालले नाकामा असुली धन्दा चलाएपछि चौतर्फी आलोचना भएको थियो । सई खनालसँगै असई केशव बहादुर थापालाई पनि जिल्ला तानिएको छ । सई खनाल र असई थापा ड्युटी छाडेर रातारात तस्कर कहाँ पुग्ने गरेका खवरहरु सार्वजनिक भइरहेका थिए।
अवैध असुलीमा खनाल र थापाको जोडी प्रहरी वृत्तमा निकै चर्चित छ । पछिलो समय सइ खनाल र असई थापाले तस्करका नाइके बरकत, मोनु राइ, भौकी, कलिम राईलगायतसँग हिमचिम बढाएका थिए। उनीहरु रातारात ती तस्करसँग दारुपानी खाने, कमिशनको मोलमोलाई गर्नेलगायतका काममा व्यस्त थिए ।
Discussion about this post