बाँके असार २७ गते ।
नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।आर्थिक बर्ष २०७७/ ७८ मा नेपालगन्ज भन्सारले लक्ष भन्दा बढी राजस्व उठाएको हो ।
चालु आर्थिक बर्षको चैत मसन्तमा १५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा ३ अर्ब बढाएर १८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो । असारको २४ गते सम्म नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा १६ प्रतिशत बढी राजस्व संकलन गरिसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जय बहादुर भण्डारीले बताउनुभयो ।
अहिले २० अर्ब ७७ करोड राजस्व संकलन गरिसकेको छ, जुन १०१ प्रतिशत राजस्व हो । आर्थिक बर्ष पुरा हुनका लागि केही दिन बाँकी रहेकाले राजस्व अझै थप हुने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । निषेधज्ञा खुकुलो भए संगै नेपागञ्ज भन्सार कार्यालयमा राजस्व बृद्धि हुदै गएको छ ।
औषतमा दैनिक ५ करोड राजस्व नेपालगन्ज भन्सारक कार्यालयमा हुने गर्दछ । समान बढी आयत हुदां १० करोड सम्म दैनिक राजस्व संकलन भैरहेको भन्सार कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण राजस्व संकलनमा अंशिक रुपमा प्रभाव परेको थियो ।
लकडाउन भएको बैशाख र जेष्ठ महिनामा नेपालगन्ज कार्यालयले ९५ प्रतिशतसम्म राजस्व संकलन गरेको छ । खाद्यन्न, कच्चपदार्थ, पेट्रोलियम पदार्थ लगायतका समानहरु नेपालगन्ज भन्सार कार्यालयबाट बढी आयात हुने गर्दछ । जसबाट बढी राजस्व संकलन हुने गरेको छ ।
६५ किलोमिटर खुला सिमाना भएकाले बाँकेमा राजस्व चुहावत् पनि हुने गर्दछ । जसलाई रोकथाम गर्नका लागि नेपालगन्ज भन्सार कार्यालय, शसस्त्र प्रहरी, जिल्ला प्रशासन लगायतका सरोकारवाला निकायले संयुक्तरुपमा नियान्त्रणका लागि प्रयास गर्दै आएकाछन् ।
देशभरीमा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालय मध्ये नेपालगन्ज भन्सार पनि एक हो । यो भन्सार कार्यालयमा चोरी निकासीका बिरुद्धमा बढी मुद्ध पर्ने भन्सार कार्यालय पनि नेपालगन्ज नै हो ।
नेपालगन्ज भन्सार कार्यालयमा चिनी, लत्ताकपडा खद्यान्न पशुपंक्षी तरकारी लगायतका समानहरु चोरी निकासीबाट बढी पक्राउ पर्ने गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
Discussion about this post