काठमाडौं असार २८ गते ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघठन असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।
सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनः स्थापित भएको छ । सर्वोच्चले भोलि बेलुका ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको रिट दायरकर्ता किर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयो । त्यस्तै अन्य अधिवक्ताहरुले पनि सर्वोच्चको फैसला ऐतिहासिक भएको बताएका छन् ।
प्रतिनिधिसभा पुनः स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । सो मुद्दामाथि सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय तोकेर हेर्दाहेर्दैमा राखेको थियो । फाइल तस्वीर
Discussion about this post