बाँके असार ३१ गते ।
दोस्रो लहरको कोरोना महामारीपछि थिलोथिलो परेको बाँके बौरिन लागेको छ । संक्रमितको संख्या घट्दै गएपछि बाँकेमा मृत्युदर पनि घटेको छ। तर कोरोना संक्रमणको जोखिम बाँकेमा घटेको छैन् ।
यस्तो अवस्थामा लापरबाही गर्ने छुट पनि कसैलाई छैन् । कोरोना संक्रमणको दोस्रो लहरले नराम्रो संग थलाएको बाँके जिल्ला र अझ नेपालगन्जमा हालका दिनहरूमा लापरबाही अत्याधिक बढेको हो ।
सरकारले अघोषित रुपमा लकडाउनको अन्त्य गरे संगै बाँकेका नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका भिडभाड हुने क्षेत्रमा हालका दिनमा लापरबाही बढेको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड समेत पालना हुन छोडेको नेपालगन्ज बजारमा भिडभाड र विभिन्न स्थानमा सेमिनार, गोष्ठी, भेला र पार्टीहरु निर्वाध रुपमा हुँदै आएका छन् ।
पछिल्लो राजनैतिक घटनाक्रम संगै आन्दोलनका कार्यक्रम समेत नेपालगन्जमा भैसकेका छन् र केही संगठनले आन्दोलन गर्ने चेतावनी समेत दिइसकेका छन् ।तर नेपालगन्ज र बाँकेमा भने कोरोना संक्रमण शून्य भएको छैन ।
सम्भावित तेस्रो लहरको चुनौती त छदै छ तर दोस्रो लहरबाट समेत नेपालगन्ज वा बाके मुक्त नभएको अवस्थामा बढ्दै गएको लापरबाहीले पुनः बाँके कोरोना कहरको केन्द्रमा रहने अनुमान गर्न थालिएको छ ।
डिडिसिएमसी बाँकेले बुधबार जारी गरेको २४ घन्टाको डाटा अनुसार बाँकेमा गरिएको परिक्षण २१ जनामा भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । दुईवटा प्रयोगशालामा ११७ नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा १७, नेपालगञ्ज मेडिकल कलेजमा ५७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ७ जना थिए ।
Discussion about this post