काठमाडौं साउन ४ गते ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीबाट हटाईएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहनुभएको छ ।
केन्द्रीय कमिटीको १४औँ बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो । हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएपछि आज बसेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । आजको बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई कता लैजान्छ भन्ने चासो बढेको छ । फाइल तस्वीर
Discussion about this post