काठमाडौं साउन ४ गते ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीको कुनै बैठक बालुवाटारमा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । जवाफमा प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम भइरहेकाले बैठक बालुवाटार राखेको जवाफ दिनुभएको थापाले बताउनुभयो ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले अबबाट त्यस्तो नहुने पनि प्रधानमन्त्रीले बचन दिएको जानकारी दिनुभयो ।‘उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ’, थापाले भन्नुभयो ।
बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले त्यहाँ कुनै पार्टीको कार्यक्रम गरेको भन्दै नागरिक समाजलगायतले अवाज उठाउँदै आएका छन् ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै बैठकहरु बालुवाटारमै गर्नुभएको थियो ।
प्रधनमन्त्री देउवाले समेत केही दिनअघि संसदीय दलको बैठक बालुवाटारमा नै राख्नुभएको थियो । यसका सर्वत्र आलोचना भइरहेको छ । फाइल तस्वीर
Discussion about this post