बाँके साउन ४ गते ।
गृहमन्त्री बालकृष्ण खाँडले बकराइदमा सार्वजनिक विदा दिने सवालमा आफु सकारात्मक रहेको बताउनुभएको छ ।सार्वजनिक बिदा दिन माग गर्दै गृहमन्त्री भेट्न पुगेको नेपाल हज समितिले मुस्लिम धर्मावलम्बीको टोलीसमक्ष उहाँले बिदा दिने प्रतिबद्धता जनाउनुभएको हो ।
हज समितिका अध्यक्ष सम्सेर मियाँले यस अघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको थियो । मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै बकराइद पर्वमा बिदा दिन माग गर्नुभयो ।
गृहमन्त्री खाँडले मुस्लिम समुदायको महान पर्वको बिदा कटौती हुनु दुर्भाग्य भएको भन्दै उहाँले तत्काल मन्त्री स्तरीय निर्णयबाट बिदा घोषणा गर्ने हज समितिका पदाधिकारीहरु संग प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व पाए लगत्तै मुस्लिम समुदायको मुद्दालाई सम्बोधन गर्ने तर्फ अग्रसर हुदै बिदाहरु तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
आजै मात्र बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमालले पनि गृहमन्त्री खाँडलाई भेटेर मुस्लिम समुदायको बकराइदमा विदा मिलाउन माग गर्नुभयो । जवाफमा मन्त्री खाँडले आफु सकारात्मक रहेको प्रतिक्रिया दिएको अनलाइन खोजखवरलाई हमालले बताउनुभयो ।
Discussion about this post