बाँके साउन ४ गते ।
मुस्लिम समुदायको चर्को दवाबपछि सरकारले बकराइदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो। त्यसैदिन मुस्लिम समुदायले बकराइद मनाउँदै छन ।
आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । नेपाल मुस्लिम संघले बकराइदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।
नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँडलाई बकराइदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो । बकराइदमा सार्बजनिक बिदा दिइदै आइएकोमा केपी ओली सरकारले कटौती गरेको थियो ।
आजै मात्र बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमालले गृहमन्त्री खाँडलाई भेटेर बिदा मिलाउन माग गर्नु भएको थियो । उहाँले मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै बकराइद पर्वमा बिदा दिन माग गर्नुभयोको थियो ।
Discussion about this post