बाँके साउन ५ गते ।
चोरी मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार भएका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका–५ का २२ वर्षीय हासिम खाँलाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
खाँलाई जिल्ला अदालतले गएको चैत २५ गते चोरी मुद्दामा ५ महिना ७ दिन कैद सजाए सुनाएको थियो । त्यसपछि खाँ फरार थिए । उनलाई आज घरबाटै पक्राउ गरिएको डिएसपी न्यौपानेले बताउनुभयो ।
Discussion about this post