वसिम अन्सारी
बाँके साउन ५ गते ।
जनता समाजवादी पार्टीको बाबुराम–उपेन्द्र पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई पक्षका दुई दर्जन सांसदहरूको उपस्थिति रहेको थियो ।
नेता मोहम्मद इस्तियाक राइकाका अनुसार दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउनेछ ।
यसअघि महन्थ ठाकुर पक्षले बहुमत दावी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । पछिल्लो समयमा ६ जना सांसदले ठाकुरको साथ छाडेपछि अहिले यादव पक्ष बहुमतमा छ ।फाइल फोटो
Discussion about this post