बाँके साउन ८ गते ।
बाँकेमा ५० हजार बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो मात्रा गरेर अहिलेसम्म ५० हजार ५ सय ४६ जनाले कोरोना विरुद्धको कोभिसिल्ड र भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, दुवै डोज लगाउनेको संख्या १८ हजार ८ सय २२ र पहिलो डोज लगाउनेको संख्या ३१ हजार १ सय २४ रहेको छ ।
कोभिसिल्डको दुवै डोज लगाउनेको संख्या १० हजार १ सय ६७ र एक डोजमात्र लगाउनेको संख्या २० हजार ८ सय ७३ रहेको खोप अधिकृत शर्माले बताउनुभयो ।
यस्तै भेरोसेलको पहिलो डोज लगाउनेको संख्या १० हजार ८ सय ५१ रहेको छ भने दुवै डोज खोप लगाउनेको संख्या अहिलेसम्म ८ हजार ६ सय ५५ रहेको छ ।
Discussion about this post