खोजखबर संवाददाता
बर्दिया भदौ ३१ गते । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छलि चोरी निकासी गरी बेवारिसे अवस्थामा थुपारी राखेका अबैध केराउ बर्दिया जिल्लाको बढैयातालबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको नेतृत्व टोलीले मङ्गलबार अबैध केराउ बरामद गरेको हो ।बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नम्बर ८, कण्ठपुर चोकबाट ६ लाख ६२ हजार पाँच सय मूल्यको २ सय ६५ बोरा केराउ प्रतिबोरा ५० केजी० बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले बताए ।
उनका अनुसार कण्ठपुर चोक स्थित मुनाल बस्तिको सडक छेउ भारत लैजान तयारी अवस्थामा राखेको केराउ प्रहरीले मङ्गलबार दिउँसो साढे २ बजे बरामद गरेको हो ।प्रहरीले सडक छेउमा भन्सार छली, चोरी निकासी गरी नेपालबाट भारततर्फ लैजान तयारी अवस्थामा राखेको बताएको छ ।
Discussion about this post