बाँके साउन ९ गते ।
मोहर्रम पर्बका बारेमा आज नेपालगन्जमा छलफल गरिएको छ । केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको नेपालगन्जमा बैठक बसेर त्यसबारे छलफल गरेको हो । उक्त बैठकमा मुस्लिम समुदायको आउन लागेको महान पर्व मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन सम्बन्धि छलफल भएको समितीले जनाएको छ ।
कोरोना संक्रमणको महामारीका कारण लगातार दुई बर्ष देखि पर्व समेत खुलेर मनाउन नसकेको हुँदा वातावरण अनुकुल भए यस वर्ष भने धुमधामका साथ मनाइने केन्द्रिय समितीका अध्यक्ष गुलाम हुसेन हल्वाईले बताए ।
मोहर्रम पर्बमा राष्ट्रिय विदाको लागी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत भएको छ ।
केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिमा केन्द्रिय अध्यक्ष गुलाम हुसेन हल्वाई (फिरोज), वरिष्ठ उपाध्यक्ष इश्हाक सिद्दिकी (गुड्डू), उपाध्यक्ष जलील राई, उपाध्यक्ष मेराज हल्वाई, उपाध्यक्ष मेराज हिमाल, महा–सचिव शाबीर अली शेष, सचिव रिजवान मिर्जा, अब्दुल जलील मंसूरी सरपरस्त, अली हुसैन राईलगायत २४ जनाको समिती रहेको छ ।
Discussion about this post