काठमाडौं साउन १० गते ।
महाकाली, नारायणी र यिनका सहायक नदीहरूमा आज पानीको बहाव बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी र कर्णालीका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।आज संखुवासभा, खोटाङ, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ ।
केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Discussion about this post