बाँके साउन १० गते ।
बाँकेका चारवटा पालिकामा आजदेखि भेरोसेलको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा खोपको पहिलो डोज दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
सरकारले निर्धारण गरेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा दिन सुरु गरिएको हो । यो अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूहले खोप लगाउन पाउनेछन् । त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाइनेछ ।
बाँकेका नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा यसअघिनै खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सम्पन्न भइसकेको छ ।
Discussion about this post