कैलाली साउन ११ गते ।
कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
कुनै समय सुनसान रहने सामुदायिक वनको सो क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
सामुदायिक वनले खाली स्थानबाट ग्राभेल उठाउन दिएपछि त्यहाँबाट पानी निस्किएर दुईवटा तलाउ बनेकाले अहिले गर्मी छल्न सयौं आन्तरिक पर्यटक मूलपानी पुग्न थालेका हुन् ।
पानी सफा देखिने भएका कारण शनिबार र सार्वजनिक बिदाका दिन सो क्षेत्रमा अधिक भिड हुने गरेको छ ।
Discussion about this post