खोजखबर संवाददाता असोज १ गते । अर्घाखाँची – सन्धिखर्कमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मालारानी–९ गोखुङ्गाका नारायण पुनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
३१ वर्षीय पुनको सन्धिखर्क हल लाइनमा केबलको लाइन मर्मत गर्ने क्रममा बिजुलीको तार छोइएर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका पुनलाई उचारका लागि अर्घखाँची जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो प्रहरी ले जनायको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post