काठमाडौं साउन १८ गते ।
आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश १ र वाग्मती प्रदेशको पूर्वी क्षेत्रमा अहिले केहीबेर पछि नै वर्षा हुने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
वाग्मतीका अन्य क्षेत्रमा भने दिउँसो पछि पानी पर्नेछ । काठमाण्डौको मौसम भने यतिबेला सफा छ । तर, बेलुका र राति पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यस्तै, आज बेलुका नै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।
Discussion about this post