
खोजखबर संवाददाता बाँके असोज १ गते । आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक चौक, घरबारी टोल, सलयानीबाग डुबानमा परेका छन् । नेपालगन्जको सेतु बिक चौक वरपर डुवानमा परेका कारण छेउछाउका पसलहरु खुल्न सकेका छैनन् । करीब १ घण्टाको भारी वर्षाले सेतु विक चौक वरपरको भागमा डुवान परेको हो । हरेक वर्ष डुवानमा पर्ने उक्त ठाउँमा डुवानमुक्त गर्ने गरी यो वर्ष सडक अग्लो बनाइए पनि ढल निकासको समस्याको कारण सो ठाउँ फेरी पनि डुवानमा परेको हो । एकै छिनको भारी वर्षाले सेतुचौक वरपर र घरवारी टोल डुवानमा परेपछि आवतजावतमा समस्या परेको छ ।








Discussion about this post