
खोजखबर संवाददाता बाँके असोज १ गते । मौसम बिभागको अनुमान मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा आज लगभग नेपालको अधिकांश ठाउँहरुमा पानीको भारी वर्षा भइरहेको छ । अहिलेको किसानहरुले खेतमा भएको धान र अन्य बालीनालीहरुमा पानी लगाउने समयमा थियोे तर बर्षाले किसानहरुको सबै चिन्ता बाट मुक्ती भएको छ । आज नेपालगन्जको २४ डिग्री सेन्टिगे्रट तापक्रममा वर्षा भइरहेको छ ।
मौसम बिभाग अनुसार असोज १ गते ९ बजे बुधबार दिउँसो देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा र बाँकी भूभागहरुका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । देशका मध्य तथा पश्चिमका थोरै स्थानमा र पुर्वका १÷२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
नेपालगन्जको अधिकांश ठाउँहरुमा पानी निकास नहुने सडकमा पानी जम्मा भएको छ । धम्बोजी, न्यू रोड, बिपि चोक स्थित रहेका रोडमा पानीले पुरै सडकमा पानी जाम भएको छ ।
Discussion about this post