जावेद अन्सारी
बाँके साउन २५ गते ।
सीमावर्ति रुपैडिया बजारमा ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एकजना पक्राउ परेका छन् । रुपैडिया घरियारन टोलका २१ वर्षीय ताज बाबृु १७५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको संयुक्त टोलीले १७५ ग्राम ब्राउनसुगरसहित बाबुलाई पक्राउ गरेको हो ।
उक्त ब्राउन सुगरको मूल्य करिव १ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद भएको लागु औषध बाबुले नेपाल भित्र्याउने तयारी गरेका थिए ।
यसअघि १३४ ग्राम स्मेक सहित घसियारन टोलकै युवा पक्राउ परेका थिए । उक्त स्मेकपनि उनले नेपाल ल्याउने तयारीमा थिए । खुला सीमानाकाको फाइदा उठाउँदै कारोवारीहरुले प्रतिबन्धित लागु औषध नेपाल ल्याउने र महंगोमा विक्री गर्ने गरेका छन् ।
Discussion about this post