बाँके साउन २५ गते ।
छाडा पशु चौपायाको गलामा स्टिकर टास अभियान सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय बाँके र हार्डवेयर ब्यवसायी संघ कोहलपुर बाँकेको सहकार्यमा यो अभियान सुरु भएको हो ।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालय बाँकेले कोहलपुर नगरपालिकामा रहेका छाडा चौपायामा रिफ्लेटिक स्टिकर टास गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीका अनुसार कोहलपुर नगरपालिकामा रहेका ४० बढी छाडा पशु चौपाया रिफ्लेटिक स्टिकर टास गरिएको बताउनुभयो ।
आगामी दिनमा समेत सडक दुर्घटना कम गर्न यस्ता कार्यले निरन्तरता पाउने ट्राफिक प्रहरी प्रमुख भण्डारीले बताउनुभयो ।
यसअघि नेपालगन्जमा पनि यो अभियान गरिएको थियो। सडक दुर्घटना हुनमा छाडा चौपायाको समेत भुमिका रहने र रातको समयमा सडकमा रहेका छाडा चौपाया नदेखिएकै कारण अधिकांश दुर्घटना हुने गरेका छन् ।
Discussion about this post