रुपन्देही साउन २६ गते ।
नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए । बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए ।
Discussion about this post