बाँके साउन २६ गते ।
नेपालगन्जको गणेशमान चोक नजिकैबाट वेवारिसे अवस्थामा रहेको कपडा र विद्युतिय सामान प्रहरीले बरामद गरेको छ ।
भन्सार छलिको कपडा र विद्युतिय सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
बरामद गरिएको करिव ८० हजार ७ सय रुपैयाँ बराबरको कपडा र विद्युतिय सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्याैपानेले जानकारी दिनुभयाे ।
Discussion about this post