बाँके साउन ३१ गते ।
सशस्त्र प्रहरीले आज करिव डेढ लाख बराबरको अवैध सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवाबाट अवैधरुपमा चोरी पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्र बहादुुर शाही नेतृत्वको टोलीले १ लाख ४२ हजार मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ । छुर्पी ७० किलो, लेडिज कुर्ती २८ पिस, अलादिन ४ पीस, बच्चाको राम्रो खाले सुट ६ पीस, साडी १ पीस, बच्चाको टिसर्ट ४ पीस बरामद गरेको हो । यस्तै नवरत्न तेल २ प्याकेट, मिठाइ ३ डिब्बा, लेडिज चप्पल २० जोर, निर १ डिब्बा, महेश कटोरी २ मालालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरी नायव निरीक्षक शाहीले बताउनुभयो ।
उक्त सामान जमुनाह विओपी पोष्टमा राखिएको छ । आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार बुझाउने तयारि भैरहेको सशस्त्र प्रहरी नायव निरीक्षक शाहीले जानकारी दिनुभयो ।
Discussion about this post