जुम्ला साउन ३२ गते ।
जुम्लाको तिला नदीमा पर्यटन व्यवसाय प्रवर्द्धन र्याफ्टिङ सुरु गरिएको छ । साउनको दोस्रो सातादेखि तिलामा र्याफ्टिङ सुरु भएपछि र्याफ्टिङ गर्न जानेको संख्या बढ्दै गएको छ ।
रारा जाने मौसम सुरु भएकाले तिलामा पर्यटन प्रवर्द्धनका लागि र्याफ्टिङ सुरु गरिएको हो । अहिले नदीमा लामो तथा छोटो दूरीको प्याकेज बनाएर र्र्याफ्टिङ चलेको छ, जसका लागि दुईवटा र्याफ्टिङ ल्याइएको गो कर्णाली टुर एन्ड ट्राभल्सले जनाएको छ ।
यो सिजनमा नदीमा र्याफ्टिङ चलाउन उपयुक्त रहेको ट्राभल्सका सञ्चालक ललित महतले बताए । ‘कोराना महामारीका कारण घर भित्रै थन्किएर बसेका मानिसहरू विस्तारै घरबाहिर निस्कन थालेका छन्,’ उनले भने, ‘एक पटकमा ७ जनाले र्याफ्टिङ चढ्ने व्यवस्था मिलाइएको छ ।’
अहिले एउटै परिवारका मानिसलाई एकपटकको प्याकेजमा चढाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनका अनुसार सबै यात्रुलाई सुरक्षाका साधन प्रयोग गरी र्याफ्टिङ सञ्चालन भइरहेको छ । फाइल तस्वीर
Discussion about this post