बाँके साउन ३१ गते ।
नेपालगन्जसहित ग्रामीण सडकमा गाई गोरुले सास्ती दिने गरेका छन् । नेपालगन्जका सडकमा छाडा गाइ गोरुले दुर्घटनाको जोखिम बढाएका छन् ।
भने गाउँमा धानबालीमा नोक्सानी पुरयाएका छन् । जानकी गाउँपालकिाका किसान जोखन प्रसाद खटिकले छाडा गाइ गोरुले धानबाली नोक्सान गरेको बताउनुभयो।
यहाँ त हाम्रो धानबाली छाडा गाइ गोरुले सखाप पारिसके उहाँले भन्नुभयो–‘जनप्रतिनिधिले पनि वास्तै गर्दैनन् ।’ दिउँसो गाइ गोरु धपाउन सहज हुने भएपनि राती धान सखाप पार्ने गरेको अर्का किसान लालबहादुर थापाले बताउनुभयो ।
रातभरी धानवाली जोगाउन पहरा दिनु पर्छ थापाले भन्नुभयो–‘वर्षभरीको मेहनत चौपट् भयो ।’ जानकी गाउँपालिका–२ बेलभारमा सडक नै कब्जा गर्नेगरी गाइ गोरु भित्रिएका छन् । वडाअध्यक्षले कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।
नेपालगन्जका सडकमा पनि गाइ गोरुले दुख दिएका छन् । सडक नै कब्जा गर्ने गरेका कारण दुर्घटनाको जोखिम बढेको छ । ट्राफिक प्रहरीले त्यस्ता गाइ गोरुलाई स्टिकर टाँस्ने काम गरेको छ। तर व्यवस्थित हुन भने सकेको छैन् । नेपालगन्ज उपमहानगरपालिकाले यसबारेमा कुनै चासो नै दिएको छैन् । जस्का कारण दुर्घटनाको जोखिम बढेको हो ।
Discussion about this post