बाँके भदौ १ गते ।
बाँकेको डुडुवा गाउँपालिकास्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका – ५ को डलैपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पाँच जना साथीहरु पौडी खेल्न गएका क्रमममा डुडुवा – ५ डलैपुर कम्दीका १७ वर्षीय मैथु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साढे तीन बजेको समयमा नेपाली पौडी खेल्ने क्रममा डुबेका नेपालीको मंगलबार शव फेला परेको छ ।
भारतबाट कमाई गरेर घर फर्किएका नेपाली साथीहरुसंग नुहाउन खोलामा गएका थिए । डलैपुरका जंगबीर नेपालीका छोराको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
दुई दिन पछि मंगलबार बिहान मिलन चोक नजिक फेला परेको हो । शवलाई फोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।
Discussion about this post