कंचनपुर भदौ ४ गते ।
कंचनपुरमा रासायनिक मलको अभाव भएको छ । जस्का कारण किसानहरु तावमा छन् । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख बलबहादुर शाहले किसानको आवश्यकताअनुसार मल गोदाममा नभएको बताउनुभयो ।
जिल्लामा मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङको गोदाम पनि दुई महिनादेखि रित्तो छ । असार पहिलो साता डीएसपी र युरिया सकिएपछि त्यसयता मल आएको छैन ।
तत्काल आउने सम्भावना पनि नरहेको साल्ट ट्रेडिङ महेन्द्रनगरका प्रमुख दीपक भट्टले बताउनुभयो । कंचनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ ।
Discussion about this post