काठमाडौं भदौ ६ गते ।
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । आज कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
माओवादी स्थायी कमिटीको बैठक हिजो पनि बसेको थियो । बैठकमा नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरिएको थियो ।
आज बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्यविभाजन, आउँदो पुस ११–१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ । फाइल तस्वीर
Discussion about this post